अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा (भिडियाेसहित)
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यवसायिक केरा खेती गरेका छन् ।
हाल बागलुङमा बसोबास र काठमाडौंमा ब्यवसाय गर्ने ३८ वर्षीय शुशिल खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गालाई सदुपयोग गर्न केरा खेती सुरु गरेका हुन् ।
मङ्गला भेञ्चर कम्पनी मार्फत केरा खेती गरेर बाझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् ।
अमेरिकाको भेण्डेरबिल्ट विश्व विद्यालयबाट अर्थशास्त्र र ब्यवसाय विषयमा स्नाकोत्तर तथा ईञ्जिनियरीङमा स्नातक गरेका खड्काको सातबिसेमा एक सय रोपनी पुरख्यौली जग्गा छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका शुसील सन् २०१४ मा नेपाल आएका थिए ।
तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम शुरु गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरुवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परिक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन्।
आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरीया जातको धान खेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाहरुको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने खड्काको योजना छ ।


















यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
दुई दिनभित्र इरानसँग फेरी वार्ता हुने ट्रम्पको संकेत
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया