अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा (भिडियाेसहित)
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यवसायिक केरा खेती गरेका छन् ।
हाल बागलुङमा बसोबास र काठमाडौंमा ब्यवसाय गर्ने ३८ वर्षीय शुशिल खड्काले जन्मथलोमा पुर्ख्यौली जग्गालाई सदुपयोग गर्न केरा खेती सुरु गरेका हुन् ।
मङ्गला भेञ्चर कम्पनी मार्फत केरा खेती गरेर बाझिन थालेको खेतीयोग्य जमिनलाई सदुपयोगका साथै कृषि उद्यमबाट गाउँघरमै आम्दानी र रोजगारीको अवसर भएको सन्देश दिने प्रयास गरेका छन् ।
अमेरिकाको भेण्डेरबिल्ट विश्व विद्यालयबाट अर्थशास्त्र र ब्यवसाय विषयमा स्नाकोत्तर तथा ईञ्जिनियरीङमा स्नातक गरेका खड्काको सातबिसेमा एक सय रोपनी पुरख्यौली जग्गा छ । सन् २००५ मा अध्ययनका लागि अमेरिका गएका शुसील सन् २०१४ मा नेपाल आएका थिए ।
तीन रोपनीमा एक सय ५० बोट हजारी जातको केराबाट उद्यम शुरु गरेका खड्काले हालै एक रोपनीमा नयाँ केराका बिरुवा रोपेर विस्तार गरेका छन् । केराखेतीको परिक्षण सफल भएपछि विस्तार गर्न थालेका हुन्।
आधुनिक उपकरणको प्रयोग गरेर कम लागतमा रैथाने गौरीया जातको धान खेतीलाई निरन्तरता दिने र विदेशबाट फर्किएका तथा गाउँमै भएका बेरोजगार युवाहरुको समूह बनाएर कृषि उद्यम सञ्चालन गर्ने खड्काको योजना छ ।












कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया