प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

घोराही (दाङ) । लिग चरणको एक खेल बाँकी छुँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमै समेटियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दीपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया