मंगलबार, वैशाख ८, २०८३

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

मेरोन्यूज २०८१ चैत १२ गते १७:५१

भैरहवा (रूपन्देही)। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउँदै २५४ रन बनायो। कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए। यस्तै अंकीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए।

बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए।

एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दबमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए । उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे। यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए।

बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए।

प्रतिक्रिया