गाजा पट्टीबाट दक्षिणी इजरायलमा दूई वटा रकेट प्रहार
मेरोन्यूज
२०८१ चैत १२ गते २१:५४

इजरायल रक्षा बल (आइडीएफ) ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दूई वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो ।
सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ । सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।
प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे) को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया