सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटर सेवा शुभारम्भ

जगाती। सूर्यविनायक नगर अस्पतालमा अपरेसन थ्रिएटरको सेवा शुभारम्भ भएको छ ।
बिहीबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा अस्पताल ब्यवस्थापन समिति अध्यक्ष बासुदेव थापाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.राकेश कुमार बर्माको टोलीलाई आवश्यक उपकरण हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरिएको हो ।
निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ । अस्पतालमा दैनीक २ सय ५० जनाको हाराहारीमा ओपीडीमा सेवा लिने गरेका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको अस्पतालमा नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।
















हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया