म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ । मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।
भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो । म्यान्मामा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।
भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री प्ुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया