पाटनका स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन

बैतडी । जिल्लाको पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्र, वसन्तपुर स्वास्थ्य चौकी र सिद्धेश्वर स्वास्थ्य चौकी खोडपेमा महिलाका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले नेपाल मेड जर्मनी तथा नगरको सहकार्यमा महिलाहरूका लागि तीनवटै स्वास्थ्य संस्थामा निःशुल्क शिविर सञ्चालन हुने जानकारी दिए । उनका अनुसार पाटन–६ को प्राथमिक स्वास्थ्य केन्द्रमा यही चैत २२ गते, पाटन–८ को सिद्धेश्वर चौकीमा २३ गते र पाटन–५ को वसन्तपुर स्वास्थ्य चौकीमा २४ गते निःशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।
प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या, गर्भ नरहने वा पटकपटक तुहिने, महिनावारी हुँदा पेट दुख्ने वा धेरैपटक रगत बहने, पिसाब गर्दा दुख्ने वा पोल्नेलगायत रोगको जाँच, उपचार तथा परामर्श प्रदान गरिने सिद्धेश्वर स्वास्थ्य चौकीका सिनियर अहेब जयराज भट्टले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच पनि गरिने छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निता तिमिल्सिना र रेजिना खड्काले सेवा दिने उनको भनाइ छ ।









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
प्रतिक्रिया