राजवादीहरूलाई एमालेको प्रश्न – मूर्ति चोर्नलाई राजतन्त्र चाहिएको हो ?

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेकाले अब हिसाब नमाग्न राजावादीलाई आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले नेपालीहरूले सयौँ वर्ष बोकेर नसकेपछि बिसाएको राजतन्त्र अब कसैको रहरले नआउने ठोकुवा गरेका हुन्।
‘इतिहासले छिनोफानो गरिसक्यो, अब केको हिसाबकिताब ?,’ भट्टराईले भने, ‘राजतन्त्रको समयमा राजा महाराजाले बेचेका मूर्ति हामीले फिर्ता ल्याउँदै छौँ। मैले मन्त्री हुँदा पनि फिर्ता ल्याएको थिएँ।’
उनले विगतमा मूर्ति लैजानेहरूलाई भिसा नचाहिने सुविधाको दुरुपयोग गरेको बताए। ‘आज देशको राष्ट्रपति पनि कुनै देश जानुपर्यो भने भिसा चाहिन्छ। इतिहास हेर्नुहोस्, कसलाई भिसा चाहिँदैनथ्यो?,’ भट्टराईले भने, ‘त्यस्तो सुविधा देशका महत्त्वपूर्ण मूर्ति चोरेर पुर्याउनेहरू अब फेरि चाहिएको हो?’










राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया