पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

गाजा पट्टीका बेकरीहरूमा पिठो तथा इन्धनको अभावका कारण उत्पादन रोकिएको छ । इजरायली नाकाबन्दीले गर्दा सङ्कटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ ।
गाजाको बेकरी मालिक सङ्घका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मङ्गलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताएका छन् ।
उनले डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्युनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द भएपछि सयौं हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको जनाइएको छ ।
अल अजरामीले गाजाको स्थिति अत्यन्त खतरनाक भएको जनाउदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उदोगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई इजरायललाई क्रसिङहरू पुनः खोल्न र मानवीय सङ्कटको बढ्दो अवस्थालाई रोक्न खाद्य पदार्थ र इन्धनको बाटो अनुमति दिन दबाब दिन आग्रह गरेका छन् ।
हालसालै जारी संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले गाजा अनिकालको प्रारम्भिक चरणमा प्रवेश गरेको सङ्केत गरेको छ जहाँ २० लाखभन्दा बढी मानिसहरूले खाद्यान्नको स्रोत पूर्ण रूपमा गुमाएका छन् ।
यस क्षेत्रमा इजरायली आक्रमण बन्द नभएसम्म आगामी दिन विनाशकारी र खतरनाक हुन सक्ने विज्ञहरूले बताएका छन् ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया