पिठो तथा इन्धनको अभावमा गाजाका बेकरी बन्द

गाजा पट्टीका बेकरीहरूमा पिठो तथा इन्धनको अभावका कारण उत्पादन रोकिएको छ । इजरायली नाकाबन्दीले गर्दा सङ्कटग्रस्त गाजाबासीहरूबीच अनिकालको सम्भावित प्रभावबारे थप चिन्ता बढेको छ ।
गाजाको बेकरी मालिक सङ्घका प्रमुख अब्देल नासेर अल अजरामीले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) द्वारा अनुदानप्राप्त बेकरी सोमबार र अन्य बेकरीमा मङ्गलबारदेखि उत्पादन बन्द भएपछि चरम भोकमरीको सम्भावना बढेको बताएका छन् ।
उनले डब्लुएफपीले पिठोलगायत भण्डारणका सामानको न्युनताको सुचना जारी गरेसँगै बेकरीहरू बन्द भएपछि सयौं हजार परिवारहरूको खानाको मुख्य स्रोत बन्द भएको जनाइएको छ ।
अल अजरामीले गाजाको स्थिति अत्यन्त खतरनाक भएको जनाउदै आधारभूत सामग्रीहरू वितरण गर्न कुटानपिसान उदोगहरू तुरुन्तै नखोलिए प्रकोप थप बढ्ने बताएका छन्।
उनले अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थालाई इजरायललाई क्रसिङहरू पुनः खोल्न र मानवीय सङ्कटको बढ्दो अवस्थालाई रोक्न खाद्य पदार्थ र इन्धनको बाटो अनुमति दिन दबाब दिन आग्रह गरेका छन् ।
हालसालै जारी संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले गाजा अनिकालको प्रारम्भिक चरणमा प्रवेश गरेको सङ्केत गरेको छ जहाँ २० लाखभन्दा बढी मानिसहरूले खाद्यान्नको स्रोत पूर्ण रूपमा गुमाएका छन् ।
यस क्षेत्रमा इजरायली आक्रमण बन्द नभएसम्म आगामी दिन विनाशकारी र खतरनाक हुन सक्ने विज्ञहरूले बताएका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया