नेपाल अफगानिस्तानसँग १ रनले पराजित
मेरोन्यूज
२०८१ चैत २३ गते १७:३९

काठमाडौँ । अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँगको दोस्रो युथ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि नेपाली युवा टोली पराजित भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १ रनले पराजित भएको हो । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ३ बलमा सबै विकट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो ।
नेपालका साहिल पटेलले सबैभन्दा धेरै ६४ रन बनाए । नेपालले १ सय २६ रनमा ५ विकेट गुमाएको अवस्थाबाट ४१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । अफगानिस्तानका वाहिदुल्लाह जाद्रन, जाईतुल्लाह शहीन र हफीज जाद्रनले २/२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भएकाे थियाे।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया