साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

बारा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए ।
टाइव्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल सुनार, विपन श्रेष्ठ, अशिम गुरुङ्ग र पुजन श्रेष्ठले गोल गरेका थिए भने विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो ।
पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरेका थिए । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरिएको थियो भने अरुण गाहाको प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बाहिर पठाए ।
यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको शुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल प्रहरीको विभागिय टोली प्रतियोगिताबाट बाहिरियो ।
पुलिसले विवेक पाण्डेको फ्रिकिक गोलबाट दोश्रो हाफको शुरुवातमै अग्रता बनाएको थियो । डिबक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले पुलिसका प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक प्राप्त गरेको थियो । करिब २५ यार्ड परबाट विवेक पाण्डेले प्रहार गरेको फ्रिकिक सिधै गोलमा परिणत भएको थियो ।
खेलको ६१ औं मिनटमा उत्कृष्ट पुनरागमन गर्दै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पा¥यो । अरुण गाहाको प्रहारलाई पुलिसको डिबक्स भित्र नियन्त्रणमा लिंदै अनिल रानामगरले दिएको सर्ट पासलाई राजिव लोप्चनले गोलमा परिणत गरेका थिए ।
मच्छिन्द्रको बराबरी गोलपछि फ्लड लाईटमा भएको रोमाञ्चक खेल हेर्न सिमरा रङ्गशालामा उपस्थित करिब ७ हजार दर्शक निकै उत्साहित देखिन्थे । प्रतिष्पर्धात्मक खेलमा दुबै टोलीले केही सम्झन लायक अवसरहरु गुमाएका थिए ।
खेलको १७ औं मिनटमा पुलिसका अरुण गाहाको उत्कृष्ट प्रहार मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले गोललाईनबाट बचाएका थिए । अनुप लिम्बुले बनाएको आकर्षक प्रहारलाई पञ्चिङ्ग गरेर मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले बचाएका थिए । गोलपोष्ट खाली रहेको अवस्थामा रिवाउण्ड बलमा पुलिसका अरुण गाहाको प्रहारलाई मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले हेडिङ मार्फत गोललाईनबाट क्लिएर गर्न सफल भए ।
खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले आकर्षक अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमित टमाटाले उत्कृष्ट बचाउ गरेका थिए भने खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको सशक्त प्रहार मच्छिन्द्रका गोलरक्षकले पञ्च गर्दै बचाउन सफल भए । मानबहादुर परियारको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै विकास विकले प्रविणका लागि डिबक्स भित्रै आकर्षक अवसर बनाईदिएका थिए ।
खेलको ग्रिन इनर्जी म्यान अफ दि घोषित भएका मच्छिन्द्रका गोलरक्षक विशाल सुनारले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । उनलाई सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार अन्तिम क्वाटर फाइनलमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया