गुजरातको तेस्रो जीत, हैदाराबादको पाँचौं हार

काठमाडौं । गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ९ चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी वासिङ्टन सुन्दरले ४९ र सेर्फन रादरफोर्डले अविजित ३५ रन बनाउन सफल भएका थिए ।
गिल र सुन्दरले ९० रनको साझेदारी गरे पनि हैदराबादका लागि मोहम्मद शमीले दुई र कप्तान प्याट कमिन्सले एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो।
लगातार तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चौथो हार बेहोरेको हैदराबाद ५ खेलबाट दुई अंकका साथ पुछारमा छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया