शुक्रबार, फागुन १, २०८२

वामपन्थी एकतामा अध्यक्ष दाहालको जोड

मेरोन्यूज २०८१ चैत २५ गते १७:०७

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढंगले एकताबद्ध गर्न प्रगतिशील लेखकहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रगतिशील लेखक संघको १३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति बधाई ज्ञापन गर्दै उनले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले त्यतिवेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झन्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रस्ट रहेको बताए।

‘माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाेड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ। हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु मार्क्सवादी चिन्तन हुँदैन,’ उनले भने।

कम्युनिस्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र संघर्ष हुँदै आएको उल्लेख गर्दै संघर्षका बिचमा नै कम्युनिस्ट आन्दोलनको विकास हुने बताए। सोमबार सम्पन्न सम्मेलनले देवी दुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ।

प्रतिक्रिया