मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
मेरोन्यूज
२०८१ चैत २९ गते २१:३५

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका-२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको हो ।
मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया