शनिबार, वैशाख १३, २०८२

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

मेरोन्यूज २०८२ वैशाख २ गते २०:२६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार (वैशाख ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

nigam-1744727355.jpg

प्रतिक्रिया