एभरेस्ट अस्पताललाई महानगरले गर्यो ५० हजार रुपैयाँ जरिवाना
मेरोन्यूज
२०८२ वैशाख ३ गते १७:३५

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थ्ति एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
अस्पतालको फोहोर व्यवस्थापन अनुगमनका क्रममा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिवानाको पत्र पठाएको हाे ।
उक्त ऐनमा रासायनिक फोहाेरमैला, औद्योगिक फोहाेरमैला, स्वास्थ्य संस्थाजन्य फोहाेरमैला, जोखिमपूर्ण फोहाेरमैला वा हानिकारक फोहाेरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।
सम्बन्धित
प्रतिक्रिया