विद्यालयका प्रधानाध्यापक मृत भेटिए
मेरोन्यूज
२०८२ वैशाख ६ गते १७:३२

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नफकिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।
“घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ”, उनले भने, “घटनाका विषयमा अनुसन्धान हुनेछ ।”
सम्बन्धित
प्रतिक्रिया