शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

काठमाडौं । आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृष : आज तपाईंका लागि दिन राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : तपाईंको दिन धेरै नै राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।
कर्कट : आज तपाईंका लागि संघर्ष गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
सिंह : दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
कन्या : आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।
तुला : दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन राम्रो छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ।
धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।
मकर : दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ : दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।
मीन : आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया