आइतबार, वैशाख ७, २०८२

धिताल तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत

मेरोन्यूज २०८२ वैशाख ७ गते १८:४३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र तुर्कियका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आज उनलाई त्यहाँका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया