झापामा लागु औषध तस्करी र दुर्व्यसनको बृद्धि, ८ सय जना पक्राउ

झापा । झापामा लागु औषध दुर्व्यसनी र अवैध रूपमा हुने तस्करी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार गत वर्ष र यो आवमा गरी लागु औषधसहित ८ सय जनालाई पक्राउ गरिएको छ ।
गत आवमा ४ सय ६२ जना पक्राउ र २ सय ९७ वटा मुद्दा दर्ता भएका छन् भने, चालु आवको चैत्र मसान्त सम्मको ९ महिनाको अवधिमा लागु औषध दुर्व्यसनी सम्बन्धी २ सय ३७ वटा मुद्दा दर्ता हुँदा ३ सय ३८ जना पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटका प्रहरी कर्मचारीको सहयोगमा लागु औषध दुर्व्यसनी र चोरी तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् ।
आर्थिक वर्ष २०८० ÷८१ को एक वर्षको अवधिमा २८ केजी ६०२ ग्राम १ सय मिलिग्राम गाँजा बरामद गरिएको छ भने ब्राउन सुगर २ केजी १ सय ७४ ग्राम १ सय ९५ मिलिग्राम बरामद भएको छ । यस्तै लागु औषधको रूपमा प्रयोग हुने २ हजार ५ सय ४ विभिन्न खालका प्रतिबन्धित ट्याब्लेट र ३१ बोतल ओनेरेक्स समेत बरामद गरिएको छ ।
यस्तै चैत्र मसान्त सम्ममा एक सय ४२ केजी ५ सय ४० ग्राम ६ सय ४० मिलिग्राम गाँजा र १ ग्राम ५६० मिलिग्राम चरेस, १ हजार ६ सय १ ग्राम ३ सय ७ मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । त्यस्तै ४० हजार लागु औषधको रूपमा प्रयोग हुने विभिन्न खालका प्रतिबन्धित ट्याब्लेट बरामद भएका छन् ।
प्रतिक्रिया