बिहीबार, वैशाख ११, २०८२

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज

मेरोन्यूज २०८२ वैशाख ११ गते ११:२७

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (वैशाख ११ गते) पदको शपथ खाँदै छन्।

एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्‌।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया