शुक्रबार, वैशाख १२, २०८२

चितवनमा जिपको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

मेरोन्यूज २०८२ वैशाख १२ गते १६:३४

चितवन । चितवनमा जिपको ठक्करबाट एक स्कुटर चालक महिलाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भइ उपचारका क्रममा भरतपुर महानगरपालिका–६ की ५२ वर्षीया लक्ष्मी वाग्लेले ज्यान गुमाएकी हुन् ।

गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना५च २६४४ नम्बरको जिपले ना४५प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

गम्भीर घाइते वाग्लेलाई तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटनासम्बन्धी अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया