आइतबार सम्म विद्यालयमा उपस्थित नहुने शिक्षकलाई राजीनामा दिन निर्देशन
मेरोन्यूज
२०८२ वैशाख १२ गते २०:२९

काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकाले शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनका कारण गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययन अध्यापनमा परेको असरको समाधानका लागि नयाँ निर्देशन जारी गरेको छ ।
गाउँपालिकाले मिति वैशाख १४ गतेदेखि सम्पूर्ण विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा अनिवार्य रुपमा उपस्थित भएर नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।
उक्त समयमा विद्यालयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीलाई राजिनामा दिन र सरुवा प्रक्रियामा जान निर्देशन दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले विद्यालय सञ्चालनको प्रभावकारीता सुनिश्चित गर्न र शिक्षकको जिम्मेवारीको पालना गर्न सबै शिक्षक कर्मचारीलाई आग्रह गरेका छन् ।

सम्बन्धित
प्रतिक्रिया