मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
मेरोन्यूज
२०८२ वैशाख १२ गते १६:३४

काठमाडौं। सरकारसँग वार्तामा गएका शिक्षकहरू मन्त्रालय नै प्रवेश नगरी फर्किएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै वार्ता नगरी फर्किएका हुन् ।
‘२५ सदस्यीय नामावली शिक्षक महासंघ तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले भने, ‘आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
सम्बन्धित
प्रतिक्रिया