नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते
मेरोन्यूज
२०८२ वैशाख १२ गते २०:२१

नवलपरासी,पश्चिम् ।पश्चिम् नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएका छन् । जिल्लाको ग्रामिण भेग वडा नम्बर-६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका वर्ष ३६ का रघुवीर केवटसहित ४ जना चितुवाको आक्रमणबाट घाईते भएको प्रहरीले जनाएको छ।
घाईते हुनेमा सोही ठाउँ निवासी बर्ष ३० का प्रेम कोईरी,वर्ष २८ का उमालाल कोईरी र सुस्ता गाउँपालिका ५ बस्ने वर्ष २७ का महमद मिया घाइते भएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए । केवटको ढाड खुट्टा र हातमा चोट लागेको छ भने अन्यको पनि हात र खुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचार पछि उनीहरु सबै घर फर्किएका छ्न् ।
सम्बन्धित
प्रतिक्रिया