राष्ट्रपति पौडेलले शुक्रबार सदनलाई सम्बोधन गर्ने
मेरोन्यूज
२०८२ वैशाख १६ गते १८:०८

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी दिएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सभामुख घिमिरेले जानकारी दिए।
राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई पौने ३ बजे नै आफ्नो आसन ग्रहण गरिसक्न पनि सभामुखले सूचित गरेका छन्।
सम्बन्धित
प्रतिक्रिया