शुक्रबार, फागुन २९, २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरोन्यूज २०८२ वैशाख १९ गते ६:२६

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम  प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया