भारतीय विदेश मन्त्रालयले भन्यो– प्रिशा साहको मृत्युबारे अनुसन्धान भइरहेको छ

काठमाडौं । ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको नेपाली विद्यार्थी प्रिसा शाहको मृत्युप्रति भारतीय विदेश मन्त्रालयले शोक व्यक्त गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले किटमा मृत्यु भएकी शाहको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।
मन्त्रालयले घटनाको जानकारी पाउनेबित्तिकै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
साथै, ओडिशा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र घटनाको विस्तृत अनुसन्धान ओडिशा प्रहरीले गरिरहेको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ । नेपाल सरकार, ओडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ ।”
प्रतिक्रिया