नेपाल स्टक एक्सचेन्जकाे पुनर्संरचना गरिने
मेरोन्यूज
२०८२ वैशाख १९ गते १५:५७

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गर्ने भएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’ राष्ट्रपति पौडेलले भने ।
त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ।
सम्बन्धित
प्रतिक्रिया