शनिबार, वैशाख २०, २०८२

सहकारीका बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

मेरोन्यूज २०८२ वैशाख १९ गते १६:००

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन कोष स्थापना गर्ने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

“समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी प्राधिकरणमार्फत कोष स्थापना गरिनेछ,” राष्ट्रपति पौडेलले भने, “सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति तयार गरिने छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने छ ।”

प्रतिक्रिया