कांग्रेस सांसद राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मेरोन्यूज
२०८२ वैशाख १९ गते १६:३२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद राईलाई अदालतले यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको अभियोगमा लामो समयदेखि फरार रहेकी सांसद राईलाई गत शनिबार प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । पक्राउ परेकी सांसद राईको कनेक्सन सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जिबी) सँग रहेको बताईन्छ ।
सम्बन्धित
प्रतिक्रिया