नारायणी अस्पतालको आकस्मिक कक्ष भवनमा पौने २ करोड भ्रष्टाचार, ९ जनामाथि मुद्दा

काठमाडौं । नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचारमा संलग्न ९ जना र ठेकेदार कम्पनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले प्रतिवादीसँग १ करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।
प्रतिस्पर्धा नगरी एक निर्माण व्यवसायीलाई मिल्ने गरी ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।
तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह र इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नासु सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समितिका संयोजक वीरेन्द्रकुमार प्रधान र सदस्यसचिव माधवी चौधरी र लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णुप्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया