नारायणी अस्पतालको आकस्मिक कक्ष भवनमा पौने २ करोड भ्रष्टाचार, ९ जनामाथि मुद्दा

काठमाडौं । नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचारमा संलग्न ९ जना र ठेकेदार कम्पनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जेभीमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले प्रतिवादीसँग १ करोड ८४ लाख ३८ हजार ४५८ रूपैयाँ बिगो दाबी गरेको छ ।
प्रतिस्पर्धा नगरी एक निर्माण व्यवसायीलाई मिल्ने गरी ठेक्का दिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ।
तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह र इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नासु सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समितिका संयोजक वीरेन्द्रकुमार प्रधान र सदस्यसचिव माधवी चौधरी र लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णुप्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया