आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल

काठमाडौं ।आज २०८२ साल वैशाख २२ गते सोमबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मे ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :कार्यक्षेत्रमा विवेक वा समझदारीले नयाँ निर्णयहरू लिनुहोला। घरपरिवारमा चित्त नबुझेको कुरामा छिटै प्रक्रिया नदिनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष : नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। आफ्नो कमी कमजोरी सुधार्ने समय रहेको छ। स्वादिष्ट भोजन को आनन्द मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। तपाईँको विचारको सम्मान हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासपात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। समाजमा मानसम्मान पाइएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : गोप्य योजनाहरू सफल बन्नेछन्l आसमर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सन्तानबाट शुभ समाचार पाइनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : कार्यक्षेत्रमा नयाँ जिम्मेबारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
तुला : कार्यक्षत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेशामा शुभ चिन्तकहरूको सहयोगले रोकिएका कार्य प्रारम्भ हुनेछन्। नयाँ कार्यको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक : परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। व्यापार व्यवसायमा विषयवस्तुलाई बुझेर निर्णय लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
धनु : अनावश्यक शंका नगर्नुहोस्। अधिकारीहरूको समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर :नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलाको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। हतारमा नयाँ कार्य नलिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। नोकरी वा पेशामा पुराना उपलब्धि पदोन्नतिमा सहायक हुनेछन्। समाजमा नयाँ जिम्मेवारी मिल्नेछ।आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन :जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया