अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘सकेसम्म लाहौर छाडनु, नसके सुरक्षित ठाउँमा बस्नु’

काठमाडौं । भारतले गत ७ मे राति गरेको ‘अपरेशन सिन्दूर’ पछि पाकिस्तानमा यतिखेर आतंक फैलिएको छ ।
त्यसको जवाफमा बिहीबार पाकिस्तानी सेनाले श्रीनगर, जम्मू र अमृतसर, जालन्धर र पञ्जाबको लुधियानामा ड्रोन र मिसाइलहरू मार्फत आक्रमण गर्ने प्रयास गरेको थियो भने आज बिहान भारतीय सशस्त्र बलले पाकिस्तानका धेरै स्थानहरूमा वायु रक्षा रडार र प्रणालीहरूलाई निशाना बनाएको थियो ।
भारत पाकिस्तान बिचको बढदो तनाव पछि अमेरिकाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ ।
अमेरिकाले लेखेको छ, ‘ड्रोन विस्फोट, ड्रोन खसालेको र लाहोर र वरपरको हवाई क्षेत्रमा सम्भावित घुसपैठको रिपोर्टका कारण लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले सबै कन्सुलर कर्मचारीहरूलाई खाली गर्नुहोला ।’
अमेरिकाको वाणिज्य दूतावासले प्रारम्भिक रिपोर्टहरू पनि प्राप्त गरेको छ कि अधिकारीहरूले लाहोरको मुख्य एयरपोर्टको छेउमा रहेका केही क्षेत्रहरू खाली गर्न सक्छन्। सम्भव भएसम्म अमेरिकी नागरिकले पाकिस्तान छोड्न सल्लाह दिइएको छ । यदि यो छोड्न सुरक्षित छैन भने सुरक्षित स्थानहरूमा बस्न भन्दै अमेरिकाले एडभाइजरी जारी गरेको हो ।












Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया