नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले लगायो ह्विप
मेरोन्यूज
२०८२ वैशाख २६ गते १४:१०

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
शुक्रबार एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आइतबार नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै अनिवार्यरुपमा उपस्थित भएर त्यसका पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।
एमालेले ह्विपमा भनेको छ, ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमार्फत प्रस्तुत गरिएको आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमु लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्नु हुन ह्वीप जारी गरिएको छ।’

सम्बन्धित










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया