भारतको चर्चित अनलाइन मिडिया ‘द वायर’ माथि सरकारको बन्देज

काठमाडौं । भारत सरकारले पाकिस्तानसँगको युद्ध चलाइरहेका बेला त्यहाँको स्वतन्त्र प्रेसमाथि समेत बन्देज लगाएको छ । सामाजिक सञ्जालमा कडाइ गरिरहेको भारतले स्वतन्त्र पत्रकारिताका लागि चर्चित मानिएको भारतकै प्रभावशाली मानिने अनलाइन मिडिया द वायरमाथि अवरोध सिर्जना गरेको हो ।
अंग्रेजी र हिन्दी भाषाको उक्त डिजिटल पत्रिकामाथि भारतले सरकारले भारतभर अवरोध गरेको द वायरले विज्ञप्तिमार्फत जनाएको छ । उसले सरकारको यो कदमलाई संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरित भनेको छ ।
इन्टरनेट सेवा प्रदायकहरूले यो अवरोधका बारेमा अनेकथरी कुरा गरिरहेको भन्दै सन्चार मन्त्रालयको हवाला दिएर आफ्नो प्रसारणमा अवरोध जनाएको उल्लेख छ । द वायरले सरकारको उक्त कदमविरुद्ध सबै कानूनी प्रक्रिया अपनाइने भन्दै सबैको सहयोगको याचना गरेको छ ।
भारतका भेट्रान पत्रकारहरू सिद्धार्थ बर्धराजन, सिद्धार्थ भाटिया, एमके बेणु, सीमा चिश्तिलगायतको पहलमा स्वतन्त्र पत्रकारिता गर्न भनेर यो मिडिया हाउस स्थापना भएको थियो । भारतमा पछिल्लो समय स्वतन्त्र प्रेस मर्दै गएको र गोदी मिडियाको बोलवाला भएको आरोप छ । द वायरलाई वाम विचारको नजिक मान्ने गरिन्छ ।














Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया