आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं । आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दाम्पत्यजीवनको लागि सुखमय समय रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफूले गरिएको कार्यमा जस पाउनुहुनेछ। साथीभाइको संगतले मन स्थिर नरहला सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।
वृष : आजको दिन संघर्षमय रहेको छ। नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् साथै लगानीको लागि उचित समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : इच्छाअनुसार समयलाई मिलाउन सकिनेछ। बच्चाहरूसँग मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला। कार्यक्षेत्रमा धेरै बोल्ने बानीले चुनौतीलाई निम्त्याउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट :अधिकार प्राप्तिको लागि गरिएको संघर्षमा विजय पाइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कारोबारमा वादविवादबाट बच्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
सिंह : दिन सामान्य रहनेछ। गृहणीहरू किनमेल गर्दा खर्चमा ध्यान दिनुहोस्। घरायसी कार्यमा समय बित्नेछ। योजनाहरूमा सफलता मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : धैर्य वा सकारात्मक सोच राख्नुहोस् सफलता मिल्नेछ। नयाँ मान्छेहरूसँग भेटघाट भविष्यको लागि लाभकारी रहनेछ। व्यापार व्यवसायको कार्यमा सुधार गर्नुपर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
तुला :आजको दिन आराममय र मित्र वा परिवारको बीचमा रमाइलो संग बित्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। अरुमाथि आफ्नो विचार नथोप्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : हतारमा लिएको निर्णयले बनिरहेको कार्यमा बाधा आउनेछ। अरु समक्ष आफ्नो कुरा राख्दा मौलिकता नभुल्नुहोस्। बनावटी भाषा नोक्सानदाई रहनेछ। विदेशतिर ताक्नेहरूको लागि दिन राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
धनु : धेरै राम्रो गर्ने प्रयासमा कार्य बिग्रिएला सचेत रहनुहोस्। आर्थिक पक्ष कमजोर हुनाले मनमा निराशा रहनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायको कुरा घर परिवारमा नउठाउनुहोस् नत्र वाद विवादको कारण बन्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मकर : व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। ईर्ष्यालु स्वभाव दुःखको कारण बन्न सक्छ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। बिशेष कार्यको जग बसाउने मौका मिल्नेछ। बोलिको भरमा चिताएको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक २ रहेको छ।
मीन :नोकरी वा पेशामा नयाँ कार्यको जिम्मेवारी मिल्नेछ। राजनीतिक परिपेक्षमा प्रभाव बढ्नेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया