विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
मेरोन्यूज
२०८२ वैशाख २९ गते १२:५८

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । कोहलीले यसअघि नै सन्न्यास लिने इच्छा जनाएपनि सोमबार आधिकारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।
२०११ मा डेब्यू गरेका ३६ वर्षीय कोहलीले भारतका लागि १२३ टेष्ट खेलेका छन् । उनले उक्त खेलमा ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।
‘इमानदारीताका साथ भन्नुपर्दा मेरो टेस्ट फर्म्याटको यात्रा यस्तो हुनेछ भन्ने मैले सोचेको थिइनँ,’ कोहलीले लेखेका छन्, ‘यसले मेरो पहिचान गर्यो, मलाई निखार्यो र मलाई यस्तो सबक सिकायो जो म जिन्दगीभर सम्झनेछु ।’
केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।
सम्बन्धित


















गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया