बुधबार, वैशाख ३१, २०८२

कुल बेरुजु ७ खर्ब ३३ अर्ब पुग्यो

मेरोन्यूज २०८२ वैशाख ३१ गते १७:०९

काठमाडौं । राज्यको बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको ६२औँ प्रतिवेदनमा अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय र स्थानीय तहतर्फ लेखापरीक्षणबाट गत आर्थिक वर्ष २०८०/८१ मा ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ बेरुजु थप भएको हो ।

आर्थिक वर्ष २०७९/८० सम्म ६ खर्ब ६९ अर्ब ८३ लाख रुपैयाँ बेरुजु थियो ।

संघीय सरकारी कार्यालयको तीन खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब नौ अर्ब २९ करोड, समिति र अन्य संस्थाको एक खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया