सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मेरोन्यूज
२०८२ वैशाख ३१ गते १८:११

काठमाडौं । सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् ।
काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा उनी गत वैशाख १३ गते शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।
सहकारी ठगी प्रकरणमा राईविरुद्ध मंगलबारमात्रै मुद्दा दायर भएको थियो। राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको थियो।
सम्बन्धित
प्रतिक्रिया