आज ३२औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज ३२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
२०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशभर ‘मदन–आश्रित स्मृति दिवस’ मनाउन लागिएको हो ।मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहतका कमिटीसहित तीनका भ्रातृ सङ्गठनले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
दिवसमा अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ ।
रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै आलोचना हुँदै आएको छ । उक्त घटनामा जीवित चालक अमर लामाको पनि २०६० सालमा हत्या भएपछि घटना झनै रहस्यमय बनेको छ ।









एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया