युक्रेन मुद्दामा ट्रम्प र पुटिन टेलिफोन कुराकानी हुँदै

काठमाडौं । युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन कुराकानी हुने भएको छ । ट्रम्पको भनाइ साभार गर्दै रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार दुई समकक्षीबीचको टेलिफोन कुराकानी सोमबार हुने भएको हो ।
शनिबार ट्रम्पले आफ्नो स्वामित्वको सामाजिक सन्जाल ट्रुथ सोसलमा लेख्दै युक्रेनको ‘रक्तधारा’ अन्त्य र ‘व्यापारिक मुद्दामा’ कुराकानी हुने जानकारी दिएका हुन् । पुटिनपछि युक्रेनी नेता जेलेन्स्की र अन्य नेटो सदस्यहरूसँग पनि ट्रम्पले कुरा गर्ने बताएका छन् ।
गत शुक्रबार रुसी र युक्रेनी उच्च अधिकारीहरूले टर्कीको राजधानीमा दुई घण्टा वार्ता गरेका थिए। युक्रेन युद्ध तीन वर्ष पुगेपछि यो वार्ता पहिलो पटक भएको हो ।
वार्ता गराउन अमेरिका र टर्कीले भूमिका खेलेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियो वार्तास्थल पुगेका थिए ।
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया