स्किब्स कप बास्केटबलमा ७५ टिम

काठमाडौं। श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४ विधामा ४४ विद्यालयका ७५ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा ३२, सिनियर गल्र्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफमा ४ टिमले भाग लिने छन् ।
सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजको खेल लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । स्टाफको खेल राउन्ड रोविन लिग पद्धतिमा हुनेछ । लिगमै हासिल गरेको अंकका आधारमा विजेताको चयन गरिने छ । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकी तीन विधामा नगद पुरस्कार राखिएको छैन ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने स्किब्सका को–ओर्डिनेटर एवं इसीए इन्चार्ज सागर शर्माले जानकारी गराए । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजकको कोर्टमा खेलाइनेछ ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया