शनिबार, वैशाख ५, २०८३

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा

मेरोन्यूज २०८२ जेठ १० गते ६:५७

भक्तपुर। भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिकसम्म प्रतिस्पर्धामा उत्रिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुरु भएको प्रतियोगितामा भारत, इङ्ग्ल्याण्डसमेत र नेपालका २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारतबाट चार र इङ्ग्ल्याण्डबाट एक जना खेलाडीको सहभागी रहेको छ ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितामा शुक्रबार पाँच राउण्ड सम्पन्न भएको र शनिबार चार राउण्ड खेलिने बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बुद्धिचाल प्रतियोगिता बुद्धि अर्थात् दिमाग लगाएर खेल्ने खेल भएको बताउँदै मन्तर्राष्ट्रिय क्षेत्रमा हुने खेलमा नेपालको अब्बल प्रतिस्पर्धा हुने गरी खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

प्रतिक्रिया