आईपीएलः पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी

काठमाडौं । यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली क्यापिटलले दोस्रो स्थानको पञ्जाब किंग्सविरुद्ध शानदार जित निकालेको छ।
सिजनको अन्तिम खेलमा शनिबार राति दिल्लीले पञ्जाबलाई ६ विकेटले हराएको हो। प्रतियोगिताबाट बाहिरिएको टिमसँगको यो हारसँगै दोस्रो स्थानको पञ्जाबले शीर्ष स्थानकाे मौका गुमाएको छ।
पन्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल बाँकी रहँदा चार विकेटको क्षतिमा २०८ रन जोडेको हो।दिल्लीका लागि समीर रिज्भीले अविजित रहँदै २५ बलमा ५८ रन प्रहार गरे। उनको पारीमा तीन चौका र पाँच छक्का समावेश थियो। करुण नैरले २७ बलमा ४२ रन जोडे। दिल्लीका हरप्रित बरले दुई विकेट हात पारेका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले आठ विकेटको क्षतिमा २०६ रनको योगफल खडा गरेको थियो। पञ्जाबका लागि मार्कस स्टोनिसले अविजित रहँदै १६ बलमा ४४ रन जोडे। उनको धुवाँदार पारीमा तीन चौका र चार छक्का समावेश थियो। कप्तान श्रेयास ऐयारले ३४ बलमा ५३ तथा जोस इङ्लिसले १२ बलमा ३२ रन प्रहार गरे।
दिल्लीका मुस्ताफिजुर रहमानले ४ ओभरमा ३३ रन खर्चेर तीन विकेट लिए। विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। पञ्जाब १७ अङ्कसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानको गुजरात टाइटानको १८ अङ्क छ। दिल्लीले भने सबै खेल सकेर १५ अङ्क जोडेको छ।











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया