बुधबार, जेठ १४, २०८२

गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु

मेरोन्यूज २०८२ जेठ १२ गते २०:२१

गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताएका छन् ।”

उहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् । त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताए।

इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ। गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ ।

गत हप्ता म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहयताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन् । इजरायली सेनाले ‘फाहमी अल–जरजावी’ स्कूलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताउनुभएको छ । यस्तै अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया