विराटले एउटै सिजनमा बनाए आठ अर्धशतक: आरसिबीको जितमा के-के बने कीर्तिमान ?

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ। सो खेलमा थुप्रै कीर्तिमान बनेका छन्। सो खेलमा विल ओ राउकेले ७४ रन खर्चिए। उनी आईपीएलको इतिहासमा तेस्रो महँगो बलर बने। यसै सिजनमा राजस्थानका जोफ्रा आर्चरले सन्राइजर्स हैदरावादसँगको खेलमा ७६ रन खर्चेका थिए। यसैगरी हैदरावादका मोहम्मद सामीले पन्जाब किंग्ससँगको खेलमा ७५ रन खर्चेका थिए। सबै भन्दा धेरै रन खर्चिएका तीन वटै कीर्तिमान यसै वर्ष कायम भएका हुन्।
यसअघि सन् २०२४ को समाप्तिसम्म सबै भन्दा खर्चिलो बलर मोहित शर्मा थिए। गत सिजन गुजरातको तर्फबाट खेलेका उनले दिल्ली क्यापिटलसँगको खेलमा ७३ रन खर्चिएका थिए।मङ्गलवारको जित आईपीएलको इतिहासमा तेस्रो ठुलो लक्ष्य पार भएको हो। गत सिजन पन्जाब किङ्सले कलकता नाइट राइडर्सले दिएको २६२ रनको लक्ष्य पुरा गरेको थियो। यसैगरी यसै सिजन हैदरावादले पन्जाबसँगको खेलमा २४६ रनको लक्ष्य पार गरेको थियो।
यस सिजन आरसिबीले आफूले खेलेको सात वटै अवे म्याचमा सफलता पाएको छ। यसअघि सन् २०१२ मा कलकता नाइट राइडर्स र मुम्बई ले सात अवे खेलमा सफलता पाएका थिए। त्यस समयमा उनीहरूले आठ अवे खेल खेलेका थिए। यसैगरी, गुजरातले २०२३ मा सात अवे खेलमा ६ जित हात पारेको थियो।जितेस शर्माले ८५ रन प्रहार गरे। छैटौँ क्रमका ब्याट्सम्यानले प्रहार गरेको त्यो तेस्रो ठुलो रन हो। यस अघि सन् २०१९ मा मुम्बईका हार्दिक पाण्डेले कलकतासँगको खेलमा ८१ रन प्रहार गरेका थिए।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया