शनिबार, जेठ २४, २०८२

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

मेरोन्यूज २०८२ जेठ २१ गते १५:५९

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार दिउँसो १ बजेतिर बस्ने गरी बैठक सरेको हो ।

यसअघि बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको थियो। तर उक्त बैठक पनि बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी स्थगित गरिएको थियो। उक्त समयमा पनि बस्न नसकेपछि बिहीबारका लागि स्थगित गरेको हो।

संसदमा भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन्।

Advertisement
machhapuchare

प्रतिक्रिया