युक्रेनमा रुसी हवाई आक्रमण : पाँच जनाको मृत्यु, दर्जनौं घाइते

युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।
खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ । बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग गरिएको जानकारी उहाले दिनुभयो । खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।
त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई जना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।
आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रुपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।
रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ ।










महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया