ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन

दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विभिन्न सवारी कारबाहीबाट दुई करोड ३३ लाख ८ हजार नौसय राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार यो अवधिमा तिन हजार १५ वटा सवारीलाई कारबाही गरिएको थियो। जस अन्तर्गत ४ सय ७७ वटा ट्रक कारबाहीबाट ४ लाख १० हजार राजस्व संकलन भएको थियो।त्यसैगरी ५ सय ७५ वटा बस कारबाहीबाट ४ लाख ४८ हजार ५ सय, १ हजार १३ वटा जिपकार कारबाहीबाट ४ लाख ६७ हजार, १ सय ९ वटा ट्याक्टर कारबाहीबाट ८८ हजार पाँच सय राजस्व संकलन भएको प्रमुख भट्टराईले बताए।
त्यसैगरी ७ सय मोटरसाइकल कारबाहीबाट ८ लाख ६२ हजार ९ सय र १ सय २३ वटा अन्य सवारीसाधानबाट १ लाख ४ हजार राजस्व संकलन गरिएको बताए।त्यसैगरी कार्यालयले ई-चलान कारबाहीबाट पनि ६ लाख ९३ हजार पाँचसय राजस्व संकलन भएको जनाएको छ। कार्यालयको वार्षिक तथ्यांकअनुसार यो अवधिमा ३२ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने, ७३ जना घाइते भएको पनि उल्लेख गरेको छ। मृत्यु हुनेहरूमा पुरुष ३ जना, महिला ३ जना र बालक १ जना रहेको छ भने घाईते हुनेहरूमा ४४ जना पुरुष, १७ जना महिला, ९ जना बालिका र ३ जना बालक रहेको छ।
त्यसैगरी कार्यालयले दुर्घटना न्यूनीकरणको लागि जिल्लाभरमा ६ सय ८ पटक विभिन्न राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था तथा बजार क्षेत्रमा जनचेतना कार्यक्रम सञ्चालन गरेको समेत ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया